झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राही ह्वात्तै बढे

0
845

भद्रपुर, 

झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।

कार्यालयका प्रमुख बोलराज आचार्यका अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागू भएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो ।चालू आर्थिक वर्षको साउन महीनामा मात्र व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या छ हजार ७३ थपिएको छ भने व्यावसायिक प्यान नम्बर लिने ९२५ थपिएका छन् ।

झापाको माईपूर्व क्षेत्र, इलाम, ताप्जेजुङ र पाँचथरका सेवाग्राहीले भद्रपुर कार्यालयबाट सेवा लिने गरेका छन् । दमकमा रहेको अर्को आन्तरिक राजश्व कार्यालयले माईपश्चिम पाँच स्थानीय तहमा सेवा पु¥याउँदै आएको छ ।

भद्रपुर कार्यालयबाट २०७६ साउन महीनासम्ममा व्यक्तिगत प्यान नम्बर लिने झापाका सेवाग्राहीको सङ्ख्या ३१ हजार ६४० रहेको छ ।

झापामा सोही अवधिसम्ममा व्यावसायिक लेखा नम्बर लिने र मूल्य अभिवृद्धि करमा (भ्याट) मा दर्ता हुनेको सङ्ख्या ५७ हजार ३४१ पुगेको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा जम्मा करदाता ८८ हजार ९८१ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here