हडिया खोलाले बगाउँदा झापामा एक जनाको मृत्यु

0
378

झापा।

हडिया खोलाले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका १४ स्थित धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 प्रहरीका अनुसार बुधवार दिउँसो १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएर बेपत्ता बनेका थिए ।

बेपत्ता भएका सार्कीलाई खोजतलास गर्ने क्रममा उनको शव दुवागढीमा मृत अवस्थामा फेला परेको हो । यता शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here