वाल सुवोधिनिलाई ६ ओटा पंखा

0
557

दुहागढी ।

घनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढी र जे.एच.पी. जापानका प्रतिनिधिहरुले झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयलाई ६ ओटा पंखा प्रदान गरेका छन् ।

शुक्रवार विद्यालय अवलोकनमा आएका टोलीले विद्यालयको वातावरणवाट प्रभाबित भई प्रोत्साहन स्वरुप पंखा उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

बाल क्लबका अध्यक्ष अभिषेक कटुवाल र प्रधानाध्यापक विश्व थापालाई जे.एच.पी. का प्रतिनिधि जापनीज नागरीक सुइची यामाओकाले पंखा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा घनश्याम स्मृति प्रतिष्ठानका राजिव खनाल, तारा खनाल, भरतमणी पोखरेल, सन्तोष पोखरेल, प्रतिभा रिजाल लगायतको सहभागीता रहेको थियो ।

विद्यालयलाई गरेको सहयोगको लागी प्रधानाध्यापक थापाले दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here