भागीरथ माविको बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

0
24

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे-४ को वडा कार्यालयले हरेक वर्ष आफ्नो वडाभित्रको भागीरथ माध्यमिक विद्यालय बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

वडा कार्यालयले कृषि पेशा प्रति आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष उक्त विद्यालयमा अध्ययन गर्ने छात्र छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो। वडा कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ३ जनालाई छात्रवृत्ति प्रदान गरेको थियो। छात्रवृत्ति पाउनेहरूमा क्रमशः सुजता अछामी (४० हजार), बन्दना सुवेदी (४० हजार) र अभिषेक ठटाल (२० हजार) रहेका छन्।

चालु आर्थिक वर्ष २०८१/ २०८२ को कुल १ लाख रुपैयाँ बजेटबाट कृषि बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको वडाध्यक्ष लोक किरण न्यौपानेले जानकारी दिनुभयो। “कृषि क्षेत्रमा संलग्न नागरिकहरूलाई व्यावसायिक बनाउन बैज्ञानिक खेतीको प्रयास हुन नसकेको भन्दै उक्त वडा कार्यालयले हरेक वर्ष वडा कार्यालयले बजेट विनियोजन गरी कृषि विज्ञ तथा प्राविधिक उत्पादन गरिरहेको बताउनुभयो।

अझै पनि आफ्नो वडामा धेरै नागरिकहरू कृषिमै आधारित रहेकाले यो पेशालाई थप वैज्ञानिक कृषि प्रणाली र आधुनिक प्रविधिको प्रयोग गर्दै वडाका नागरिकहरूलाई व्यावसायिक बनाउने सोच रहेको उल्लेख गर्नुभयो।

केही वर्ष यतादेखि निरन्तर उक्त विद्यालयले बाली विज्ञान विषयमा अध्यापन गराउँदै आएको छ। यो विषयमा उत्रिर्ण कुनै एक जनशक्ति ( कृषि प्राविधिक) लाई आगामी दिनमा वडा कार्यालयले न्युनतम पारिश्रमिक दिएर ‘स्वयंसेवक कृषि प्राविधिक’ नियुक्त गरी वडाका किसानहरूको व्यावसायिक तथा वैज्ञानिक खेती प्रणाली तर्फ आकर्षित गर्न परिचालन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here