खानेपानी महासंघमा कार्की

0
456

बिर्तामोड।

खानेपानी तथा सरसफाई उपभोक्ता समिति बाह्रदशीको अध्यक्षमा रवीनबहादुर कार्की चयन भएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा बाह्रदशी गाउँपालिका स्तरीय भेलाबाट अध्यक्षमा कार्की चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा टंककुमारी धिताल, सचिवमा ओमप्रकाश गौतम, सह–सचिवमा तोयानाथ पोखरेल ‘सागर’ र कोषाध्यक्षमा बालकुमारी मिश्र चयन भएका छन् । समितिको सदस्यहरुमा रामकुमार पोखरेल, वीरवहादुर थापा, गेहनाथ भट्टराई, होममणि दाहाल, देविका राजवंशी, रमा देउजा, हिमा ओली न्यौपाने, यशोदाकुमारी राजवंशी चयन भएका छन् ।

बाह्रदशी गाउँपालिकामा खानेपानीका ६ वटा आयोजना सञ्चालनमा छन् । आयोजना रहेका पदाधिकारीहरुको भेलाले मूल समिति चयन गरेको हो । समितिले खानेपानी आयोजनाको काम,कामको गुणस्तर र कुनै समस्या आइपरेको खण्डमा सहजीकरणको भूमिका निर्वाह गर्दै आयोजना सञ्चालनमा सहयोग पु¥याउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here