ताप्लेजुङमा डोजर पल्टिँदा चालकको मृत्यु

0
670

बसन्त लिम्बू / ताप्लेजुङ,

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा आइतबार दिउँसो स्काभेटर मेसिन (डोजर) पल्टिँदा चालकको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ३ का २७ वर्षीय चित्रकुमार गुरुङको ज्यान गएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

दोभान–ओलाङचुङगोला उत्तर–दक्षिण सडकअन्तर्गत लेलेपको स्काभेटर पल्टिएको हो । सडक खन्ने क्रममा माथिबाट झरेको ढुंगाले मेसिनमा लागेको र ढुंगासँगै पल्टिएको इलाडाँडाकी कविता लिम्बु शेर्पाले बताइन ।

उनका अनुसार मेशिन फेदीखोला छेउमा पुगेको छ । चालकको शव पुरिएको स्थानीयले बताए । घटनास्थलमा प्रहरी निरीक्षक विष्णुबहादुर खड्का नेतृत्वको टोली पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम फुङलिङबाट ओलाङ्चुङगोलातर्फ जोड्ने सडक विस्तारको काम भइरहेको थियो ।

मानवीय बस्तीभन्दा एकान्तमा रहेको ठाउँमा निर्माण कार्य गरिएको थियो । सडक विस्तारको जिम्मा काठमाडौंको एलाइट कम्पनीले पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here