अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउन बुधबारे जेसीजले दियो २६ हजार

0
918

चैत्र।

बुधबारे जेसीजले लक डाउनका कारण खाद्यान्य अभाव झेली रहेका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई नगद २६ हजार ३ सय र ५७ थान सावुन उपलब्ध गराएको छ ।

आज आइतबार गाउँपालिकाका परिसरमा गएर बुधबारे जेसीजले रकम र सावुन गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल र प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईलाई हस्तान्तरण गरेको बुधबारे जेसीजका महासचिव दीपेन सिटौलाले जानकारी दिनुभयो ।

मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुल मर्मलाई ख्यालमा राखेर अतिविपन्न नागरिकको घरमा चुल्हो बल्नुपर्छ, खान पाउनु पर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै जेसीजले केही सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताउनु भयो ।

राहत हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राई, पूर्व अध्यक्षहरु जेसी सेमन्त पोखरेल, जेसी रमेश बराल, जेसी प्रकाश भण्डारी, निर्वतमान अध्यक्ष जेसी हेमन्त बराल, कानुनी सल्लाहकार जेसी मुकेश भट्टराई, कार्यकारिणी उपाध्यक्ष जेसी गजुुहाङ योङहाङ, जेसी गोकुल पौड्याल, महासचिव दीपेन सिटौला, तालिम संयोजक नवराज कोइराला लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here