ताप्लेजुङमा ५० जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

0
433

ताप्लेजुङ,

चैत यता भारतसहित तेस्रो मुलकबाट ताप्लेजुङ आएका ६१ जनाको आरडिटी विधिबाट कोरोना भाइरस नमुना परीक्षण सुरु भएको छ।

बैसाख ३ देखि ५ सम्म ५० जनाको आरडिटी गरिएको हो। सबैको रिपोर्ट नेगेटिभ पाइएको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले बताए।

फुङलिङ नगरपालिकामा २५, मेरिङदेन गाउँपालिकामा १५, पाथीभरा याङवरक गाउँपालिकामा ६ र फक्ताङलुङ गाउँपालिकामा चार जनागरि ५० जनाको आरडिटी गरिएको ल्याब असिस्टेन्ट विनिता थाम्सुहाङले जानकारी दिइन्।

शनिबार सिदिंवा र सोमवार मिक्वाखोला गाउँपालिकामा परीक्षण गर्ने योजना रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक मादेनले जानकारी दिए। थुम्बेदिनको क्वारेन्टाइनमा रहेका एकजनाको भने केही दिनमा परीक्षण गर्ने योजना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here