कोरोना संक्रमणबाट आज एक युवकको मृत्यु, नेपालमा मृतकको संख्या दुई पुग्यो

0
807

काठमाडौं,

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।

मृत्यु हुनुअघि नै ती युवकको स्वाब परीक्षणका लागि भेरी अञ्चल अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण गर्दा मृतक युवक कोरोना संक्रमित रहेको थाहा भएको थियो।

भारतको मुम्बईबाट फर्किएका ती युवालाई वैशाख ३० गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। आज बिहान अचानक दुईपटक बान्ता गरेलगत्तै उनको निधन भएको थियो।

यसअघि नरैनापुरको सोही क्वारेन्टाइनमा राखिएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले पनि सो क्वारेन्टाइनमा ३८ जनालाई राखिएको छ।

हिजो (शनिबार) सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। आज बिहान मृत्यु भएका युवासहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here