बिर्तामोड ।

कोरोना भाइरसका कारण सरकारले गत चैत ११ गतेबाट लकडाउन शुरु गरेसंगै आन्तरिक तथा बाह्य उडानहरु समेत बन्द गरेको छ । हवाई उडान बन्दभएको अवस्थामा सोमबार बिहान झापाको आकाशमा विमान उडेपछि सबै अच्चमित भएका थिए ।
केहिले समाजिक सञ्जालमा विमानको बारेमा जिज्ञासा समेत राखेका थिए । नेपाल–भारत बीच सीमा विवादको विषय उठिरहेका बेला धेरैले भारतले पूर्वी क्षेत्रमा विमान उडाएको बताए पनि त्यस्तो नभएको भद्रपुर विमान स्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिएका छन् ।
नेपाली सेनाले आफ्ना सैनिक पाइलटहरुलाई तालिम दिने क्रममा विभिन्न समयमा यस्ता विमानहरु उड्ने गरेको भन्दै चुडालले पूर्वञ्चलसंग भने–सोमबार पनि राजधानीबाट ओखढुङ्गा हुदैं भद्रपुर विमान स्थलसम्म विमान आएर राजविराज हुदैं फकिएको छ । यो सेनाको नियमित तालिम अन्र्तगत पर्दछ ।
केहिले औषधिका समग्री ल्याएको बताएका थिए भने केहिले पूर्वी क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेकाले त्यसको विरोध भइरहेका बेला भारतले नेपाली आकाशमा विमान उडाएको बताए पनि त्यस्तो नभएको बताइएको छ ।































