बेवारीसे अवस्थामा पेस्तोल बरामद

0
940

भोजपुर।

भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारीसे अवस्थामा एक थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बादर रुङने टहरोमा शंका लागी चेकजाँच गर्दा उक्त टहरोबाट एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको हो ।

बरामद भएको सकेट बम नेपाली सेनासंग समन्वय गरी डिस्पोज गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here