ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

0
526

मोरङ ।

मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा धनपालथान गाउँपालिका–६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो सजाद मियाँलाई किच्दा मियाँको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here