बिराटनगर ।

इलाम र उदयपुरका दुई स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका–५ का २५ बर्षीय हरिप्रसाद चापागाई रहेका छन् । देउमाई खोलामा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो देखी हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली गएर अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।
उता उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































