२०७७ असोज १८ गते आइतबारको राशिफल

0
382

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भाग्यले विभिन्न अवसर थमाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौति समाप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम रोक्नुपर्ने स्थिति आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कममात्र भेटिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दोहो¥याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । दिगो काम गर्न केही समय पर्खनुपर्ला । हिसाबकिताबमा होसियार रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कामको चापले जीवनशैली व्यस्त रहनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

नियमित काममा भने साबिक जस्तै फाइदा भइरहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो घुमफीर होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here