मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ । मेहनतले लक्ष्यमा पु¥याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्ने सम्भावना छ । काम र व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने सहयोगीहरू पछि हट्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनशैली व्यस्त देखिए पनि सामान्य काममा समय बित्नेछ । तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पु¥याउनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मेहनत परे पनि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतिहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउने छन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुची बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हिसाब–किताबमा होसियार रहनुहोला । हडबडको त्रुटीले काम दोहो¥याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अध्ययनमा त्यति समय दिन नसकिएला । मेहनत गर्दा पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ ।





























