गोमेन्द्र विर्ता मोडल माविलाई प्रहरी प्रधान कार्यालयको सम्मान

0
1179

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको विर्तामोड –४ मा रहेको गोमेन्द्र विर्ता मोडल माविलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले कदरपत्रद्वारा सम्मान गरेको छ ।

 

समुदाय र प्रहरी साझेदारीमा शान्तिपूर्ण र सुरक्षित समाजको स्थापना गर्ने अवधारणाका लागि सञ्चालित समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा गोमेन्द्र विर्ता मोडल माविले गरेको सहकार्य र सक्रिय सहभागिताको उच्च मूल्याङ्कन गर्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले कदरपत्रद्वारा सम्मान गरेको हो ।

६५औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा भद्रपुरमा भएको कार्यक्रममा गोमेन्द्र विर्ता मोडल माविलार्ई कदरपत्र प्रदान गरिएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले उक्त कदरपत्र गोमेन्द्र विर्ता मोडल माविका संस्थापक उत्तम खनाल र संस्थापिका गीता खनाललाई प्रदान गरेका थिए ।

गोमेन्द्र विर्ता मोडल माविले विगत दुई वर्षदेखि विर्तामोडस्थित सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा आत्महत्या न्यूनिकरण , महिला वेचविखन , लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको र कदरपत्र प्राप्त गरेसंगै उक्त कार्यमा काम गर्न अझ हौसला मिलेको संस्थापक उत्तम खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here