२०७७ कात्तिक २५ गते मंगलबारको राशिफल

0
912

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पहिलेको सफलताले हौसला जगाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

फाइदाको स्रोत पहिचान गर्न सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ ।

िसंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मेहनत गर्दा चुनौति चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । सोर्सफोर्स लगाउँदा काम बन्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

केही समय लागे पनि विभिन्न काम र जिम्मेवारी हात पार्ने मौका छ । लगनशीलताले अवसर दिलाउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । तर, ढिलासुस्ती गर्दा वा आँटले काम लिन नसक्दा केही पछि परिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

काम गर्ने परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ । मेहनत गर्दा लगानी उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आवश्यक पर्दा कर्जामार्फत धन प्राप्त हुनेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । अवसरका लागि जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here