२०७७ कात्तिक २६ गते बुधबारको राशिफल

0
797

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

रमाइलो क्षणमा पनि मन उदास रहनेछ । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ । आफन्तसँग जोगिएर काम लिनुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । यात्राकाक्रममा वादविवाद हुनाले उद्देश्य पूरा नहुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मेहनत गर्दा काम बनाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अधिकारका लागि केही जोखिम उठाउनुपर्ला । साथीभाइको सहयोगले काम बन्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । हतारका काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचे जस्तो प्रगति गर्न अलिक नसकिएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मेहनतले योजना कार्यान्वयनमा ल्याउन सकिनेछ । व्यवसायमा फाइदा उठाउन समय पर्खनुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । आफ्नो धनमाल र उपलब्धि सुरक्षामा भने विशेष ध्यान पु¥याउनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा भने ध्यान पु¥याउनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here