तुलसीप्रसाद निरौला,बिर्तामोड ।
वीरता जेसीजले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनलाई ह्वीलचेयर प्रदान गरेको छ ।

वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीले आफूलाई वीरता जेसीजले प्रदान गरेको दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कारको रकमले ह्वीलचेयर खरिद गरी उक्त संस्थालाई प्रदान गरेका हुन् ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्था अनुसार आफूले पुरस्कारको रुपमा पाएको रकमले ह्वीलचेयर खरिद गरी इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनलाई प्रदान गरेको पूर्व अध्यक्ष शिवाकोटीले बताए ।
वीरता जेसीजका पूर्व अध्यक्ष शिवाकोटी , अध्यक्ष राजीव धिमाल, निवर्तमान अध्यक्ष मिजाश पोखरेल , अन्तर शाखा समन्वय संयोजक जीवन खड्कालगायतले इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, सेक्रेटरी सम्झना भण्डारीलाई उक्त ह्वीलचेयर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका २०७५ का उत्कृष्ट नागरिक पूर्णप्रसाद चुडाल, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशललगायतको सहभागिता रहेको वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले जानकारी दिए ।






























