सुनचाँदी व्यवसायीमा लुहागुन

0
718

चारआली । 

नेपाल सुनचाँदी कला व्यवसायी संघको तेस्रो अधिवेशनबाट तिलकराम लुहागुनको अध्यक्षतामा सात सदस्य नयाँ जिल्ला कार्यसमिति शनिबार चयन भएको छ । उपाध्यक्षमा सोम विश्वकर्मा, सचिव निरज लुहागुन, कोषाध्यक्ष गंगा विश्वकर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रमेश विश्वकर्मा, त्रिलोचन विश्वकर्मा र भूमिका लुहागुन रहेका छन् ।

संस्थाका अध्यक्ष टंक विश्वकर्मा (श्याम)को सभापतित्व एवम् केन्द्रीय अध्यक्ष केशव विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्र, संस्थाका कार्यकारी निर्देशक हरि रसाइली, पातञ्जल योग समिति प्रदेश नं. १ का उपाध्यक्ष केशव ताम्राकार, पत्रकार टेकेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत तिलकराम लुहागुन र सञ्चालन सचिव इन्द्रमणि पौडेलले गरेका थिए ।

अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुति पश्चात पारित हुनुअघि राष्ट्र गान तथा शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । टंक विश्वकर्माको संयोजकमा तीन सदस्य सल्लाहकार समिति समेत सोही अवसरमा चयन भएकोमा सदस्यहरु इन्द्रमानी पोख्रेल र हर्क लुहागुन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here