सुनसरी।

सुनसरीको धरान–५ देउरालीका ३५ बर्षीय किशोर बिकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार राती धरान –१५ श्यामचौंक स्थितमा को १ ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सिटी र चालक धरान १५ का मानबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएकाृ प्रहरीले जनाएको छ ।































