झापा र इलाममा मौरीपालन व्यवसाय फस्टाउँदै

0
600

झापा।

झापा र इलाम सीमा क्षेत्रमा मौरीपालन व्यावसाय फस्टाउँदै गएको छ । यसका कारण किसानहरुको मौरी पालनप्रति आकर्षण बढ्दै गएको छ ।

कम मेहेनत र गाउँमै अग्र्यानिक मह उत्पादन गर्न सकिने र मूल्य पनि राम्रो पाइने हुँदा किसानहरु यसतर्फ आकर्षित भएका हुन् । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकेजी हजारदेखि १२ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

यहाँ उत्पादित मह इलाम, झापासँगै काठमाडौंसम्म र भारतमा समेत विक्री हुने गरेको छ । किसानहरुलाई थप ज्ञान दिने उद्देश्यले पाँच दिने मौैरीपालन आधारभूत तालिम दिइएको छ । रोङ गाउँपालिकाले दिएको सो तालिममा २५ जना भन्दाबढी सहभागी थिए ।

रोङ गाउँपालिकाको ६ वडामा दुई सय जनाभन्दा बढी मौरीपालक किसान रहेका छन् । मौरीपालनका लागि गत वर्ष १५ लाख र यस वर्ष पनि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यहाँका खेतीवालीमा विषादि प्रयोग नहुने र खुल्ला चरिचरण हुने भएकाले मौरीको लागि उचित स्थान रहेको बताइन्छ । यसैवीच रोङ गाउँपालिका अध्यक्ष शम्शेर राईले मौरीपालक किसानहरुका लागि घार तथा विभिन्न सहयोग गर्दै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here