खानेपानी निर्वाचन आचारसंहिताप्रति प्रेस क्लबको आपत्ति

0
1218

काँकरभिट्टा ।

आगामी चैत २१ गते हुन गइरहेको काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको निर्वाचनका लागि गठित निर्वाचन समितिले सञ्चारमाध्यममा अंकुश लगाएको भन्दैं प्रेस क्लब मेचीनगरले आपति जनाएको छ । विहीबार क्लबले प्रेस विज्ञप्ती जारी गदैं आगामी दिनमा यस्तो निर्णय नगर्न निर्वाचन समिति समक्ष माग गरेको छ ।

क्लबका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा निर्वाचन समितिले जारी गरेको काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको निर्वाचन सम्बन्धि आचारसंहिताको ३ नम्बर बुँदामा प्रेस क्लब मेचीनगरको असहमती रहेको उल्लेख छ ।

निर्वाचन प्रयोजनका लागि भन्दै निर्वाचन समितिले बनाएको १८ बुँदे आचारसंहिताको बुँदा नम्बर ३ मा प्रचार प्रसारको क्रममा पेपर मिडिया (पत्र पत्रिका) र इलेक्ट्रोेनिक्स मिडिया ( रेडियो, टिभी) लाई तोकेरनै विज्ञापन गर्न नपाईने उल्लेख गरेको छ । यसले विभिन्न सञ्चार माध्यममा अंकुश लगायन खोजेको ठहरले क्लबले गरेको छ ।

विज्ञप्तीमा निर्वाचन आयोगको ‘निर्वाचन आचारसंहिता २०७२’ मा समेत सार्वजनिक पद धारण गर्ने उम्मेद्वारले निश्चित आचरण भित्र रहि सञ्चार माध्यममा प्रकाशन, प्रसारण विज्ञापन गर्न पाउँने अधिकार प्रत्याभूत गराएकोमा खानेपानी संस्थाको निर्वाचन सम्बन्धमा निर्वाचन समितिले सञ्चार माध्यमहरुमा विज्ञापन गर्न पाउने अधिकारलाई बञ्चित गर्ने र सञ्चारसंस्थालाई असहयोग पुग्ने गरी आचारसंहिता तयार पारेको प्रति प्रेस क्लबको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

आम नागरिकलाई सुसूचित गराउँदै सामाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमलाई असहयोग हुने यस किसिमको कार्य आगामी दिनमा न दोहोर्याउन समेत निर्वाचन समिति समक्ष माग गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । फेसबुक, युट्युब, भाइबर, हाते पर्चा जस्ता प्रचारका माध्यमलाई बन्देज नलगाई नेपाली मिडियाप्रति निर्वाचन समिति यतिसम्म पूर्वाग्राही बनेकोे क्लबका सचिव जीआर धितालले बताउनुभयो ।

खानेपानीका उम्मेद्वारहरुले स्थानीय सञ्चार माध्यमहरुमा प्रचारप्रसार सामग्री प्रकाशन गरेकोे भन्दै उम्मेद्वारहरु समक्ष बुधबार स्पष्टिकरण मागेको थियो । मिडियालाई असहयोग तथा बञ्चित गर्ने गरी आचारसंहिता बनाएको भन्दै सञ्चार क्षेत्रहरुले विरोध जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here