बिर्तामोड ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले मेचीनगर –४ बाहुण्डाँगीका स्व.गणेशबहादुर खड्काको परिवारलाई बीमा दाबी रकम प्रदान गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण गत मंसीर ८ गते निधन भएका स्व.खड्काका परिवारलाई बीमा दाबी रकम वापत तीन लाख १९ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो ।
स्व. खड्काले गत असोजमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन लाख रुपैयाँको १५ वर्षे जीवन बीमा गरेका थिए । उनले प्रथम किस्तावापत २३ हजार पाँच सय ५८ रुपैयाँ जम्मा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं.१ का सांसद राम कार्कीले स्व. खड्काकी श्रीमती सुशीला खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिर्तामोड शाखा प्रमुख अमरेन्द्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ(महासंघ)का केन्द्रीय सदस्य , पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति नेपाल लाईफ इन्स्योरेन्सका सल्लाहकार सदस्य सीपी कडरिया, बिर्तामोड सचिब श्रीप्रसाद सिटौला, धुलाबारी अध्यक्ष डिल्लीराम न्यौपाने,मेचीनगर– ४ का वडा सदस्यहरू विनोद रञ्जितकार, कमला मोते, प्रह्लाद दाहाल र मन्जिता लिम्बू्, भीमकुमार श्रेष्ठ, सोमबार आचार्य, हरि उप्रेती लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन विमक समिति नेपाल लाईफका केन्द्रीय सदस्य तेजमणि प्रसाईंले गरेका थिए ।






























