छैन कान्छी तिम्रो लागि सुरक्षित दुनिया

१८ चैत्र २०७२, बिहीबार मा प्रकाशित

[भुवन तामाङ]
उनी २० वर्ष कटिसकेकी छिन् ।उनलाई विवाह गर्न अब कानूनले पनि रोक्न सक्ने छैन । उनका उमेरशुलभ् इच्छाहरु मनमा सलबलाउन थालेका छन् । सखीहरु जस्तै उनमा पनि आजको स्वतन्त्रताको प्रभावपरेको छ ।
अरु कैयनले जस्तै कान्छीले पनि उत्सुकतावश आप्mनो फोटो फेसबुकमा पोष्ट गरिन् तर उनलाईकसैले वास्ता गरेनन्,फेसबुकमा उनको उपस्थितिलाई । उनलाई नमीठो लाग्यो । उनले फेरि आप्mनो फोटो पोष्ट गरिन् तर अलि फरक पोजको । त्यसपछि भने फोटोप्रति प्रतिक्रिया आउन थाले । कान्छीले नयाँ अनुभूति संगालिन अनि उनका फलोअर पनि निकै भए ।
विदेशमा काम गरिरहेका कान्छीको जिल्ला भन्दा निकै टाढाकाउपदेश नामका युवकले फेसबुकमा फलो गर्दै कान्छीलाई मन पराएको कुरा दर्शाए । त्यसमा अरुले पनि लौ है भनेर फुक्र्याए । कान्छीलाई शुभकामना रबधाइ आए । कान्छी लाजले भुतुक्कै भइन् अनि फेसबुकको उपयोगिता तथा मजा यही हो भन्ने पनि सोचिन् । केही सन्देश सहित कान्छीको फोटो उपदेशले नै बेलाबेला पोष्ट गर्न थाले । कान्छी चुपै लागिन् । कान्छीको मौनतालाई उपदेशले स्वीकारोक्ती ठाने । उनले लेखे “म तिमीलाई के कोशेली पठाइदिऊँ ?” कान्छीले लौ त्यो त तपाईको इच्छा भनेर अनायासै लेखिन् ।
कान्छी र उपदेशको फेसबुके माया बढेर अब मोबाइलमै कुराकानी हुन थालेका थिए किनकि उनीहरुबीच मायाप्रिती बसिसकेको थियो । यति भएपछि कान्छीको बैंक खाता नम्वर उपदेशले फुत्काए । कान्छीको बैंक खातामा मोटो रकम जम्मा हुन थाल्यो किनकि उपदेशले जीवनसाथी उनैलाई ठाने ।उपदेश एकपटक नेपाल आए कान्छीलाई भेट्न । उनीहरु एकअर्का सँगै बाँच्ने सँगै मर्ने बाचाबन्धनमा बाँधिए । उपदेश फेरि विदेश फर्के र धन कमाउन थाले । उपदेशले आपूmले कमाएको सबैजसो पैसा कान्छीलाई पठाए । कान्छीले भनिन् “मलाई किन यतिविधी विश्वास गरेको ? मान्छेको मन न हो, अन्तै फक्र्यो भनेनी, त्यसबेला के गर्नु हुन्छ ?” उपदेशले भने ‘“साँच्चै तिमी विश्वास गर्न लायक छ्यौ मेरी रानी ।”
यता कान्छीलाई औधी मनपराउने अर्कानिस्के फेसबुकमै । म त अर्कैको भैसकेकीलाई किन मन पराउनु ? भन्दा खुरुन्दार गरेपछि कान्छीको केही लागेन ।दोस्रा युवा स्वदेशमै थिए नजिकैका जिल्लाका । तिनले कान्छीसँगको भेटघाट आक्रमक ढंगबाट बढाए । हिमचिम गाढा भयो ।
आपूmलाई विश्वास नगर है भन्दा पनि पिछा नछाड्ने । अर्कैकी भइसकेकी छु भन्दा पनि नछाड्ने । यी लोग्ने मान्छेहरु कस्ता ? कान्छी छक्क परिन् ।
उपदेशको भिसा सकिएकाले घरजम गर्ने योजनासहित नेपाल फर्के तर उपदेशले कान्छीलाई भेट्न पाएनन् किनकि कान्छीलाईअर्का युवकले गन्धर्व विवाह गरिसकेका थिए । उपदेशको मायारुपी जहाज डुब्यो । उनले घर सम्झे, आमाबाबु, इष्टमित्र सम्झे । कसरी मुख देखाउनु ? विदेशमा दुःख गरी कमाएको पैसा आमाबाबुलाई नदिइ अर्काकी छोरीलाई विश्वास गरेर दिँदा घात गरिन् । आप्mनो मायापिरतीलाई पनि लत्याईन् । आप्mनो मुर्खतालाई उपदेशले धिक्कारे । उनलाई बाँच्न मन भएन र झुण्डिए ।
उपदेश आपैm झुण्डिएर मरे तर दुनियाले भन्यो “कान्छी नकचरी, पातकी, बाइफाले । अर्काको पैसा पनि खाई, धोका पनि दिइ ।” आखिर कान्छीले उपदेशलाई सोधेकै थिइन् किन विश्वास गरेको भनेर । फेरि कान्छीले उपदेशको पैसा अधिकांश जोगाएरै राखेकी थिइन् र उपदेशका आमाबाबुलाई फर्काइदिन चाहिन् तै पनि समाजले कान्छीलाई लाञ्छनाको हिलो छ्याप्न छाडेन ।
कान्छीका लोग्नेले पनि कान्छीलाई नै दोषी देखे,अर्कासँग सल्किएकी भनेर। आखिर कान्छी अर्थात नारीलाई नै दोषी ठह¥यायो समाज अनि फेसबुके दुनियाले । आखिर उपदेशले आप्mनै इच्छाले कान्छीलाई प्रस्ताव राखेका थिए र पैसा पनि उपदेश आपैmले पठाएका थिए । अनि अर्का युवकले पनि कान्छीलाई आप्mनै इच्छाले मरिहत्ते गरेर विवाह गरेका थिए ।माईती आऊँ माईती रमाईती गाऊँकाले गाऊँ पस्न दिदैनन् । लोग्नेको घर बसुँ त लोग्नेले लाञ्छना लगाइ सके ।
आज कान्छी जस्तै लाखौँ नारीहरुले मानसिक यातना भोगिरहेका छन् ।यसमा कसरी परिवर्तन ल्याउन सकिएला ? समाज जति आधुनिक र खुल्ला बन्यो झन् त्यति नै नारीहरु नै प्रताडित बन्नु परिरहेको छ ।
कान्छीले मध्यरातमा घर छाडिन्, टहटह जुनमा उनी अनिश्चित गन्तव्यततिर लागिन् । कतै टाढा गाउँमा कुकुर भुकिरहेको थियो । उनलाई हिक्का छुटयो । उनले आपैmलाई प्रश्न गरिन् “नारीहरुका लागि सबै दृष्टिकोणले पूर्ण सुरक्षित दुनिया कहाँ होला ?” उनी टाढा पुगिन् अनि अगाडिको दृष्य ठम्याउन खोजिन् । एउटा विशाल नदी स्वाँ आवाजसँगै जुनको उज्यालोमा बगिरहेको छ । उनको मन एकतमासको भयो । आपूmलाई लाञ्छना लगाउने दुनियाबाट भाग्नउनले नदी तर्नु पर्नेछ या त उनलाई प्रताडित गर्ने दुनियाकैबीच फर्कनु पर्नेछ । बादलहरुले जुन छेकिदियो, कान्छी अँध्यारोमा विलीन भइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here