स्थानीयवासीको पहलमा सडक विस्तार

२२ माघ २०७४, सोमबार मा प्रकाशित

अर्जुनधारा,स्थानीयवासीहरुको पहलमा झापाको अर्जुनधारा–९मा रहेको सडकको विस्तार गरिएको छ ।
सडक विस्तार उपभोक्ता समितिका अध्यक्ष नित्यानन्द बरालको नेतृत्वमा सो सडकको बिस्तार गरिएको समितिका सचिव सिंहबहादुर राईले जानकारी दिए ।
स्थानीयवासीद्वारा संकलन गरिएको ५७ हजार रुपैयाँबाट हाल नालासहित २४ फिट सडक बिस्तार गरिएको सचिव राईले बताए । बिस्तार गरिएको सो सडकमा ग्राभेल लगाउन चालू आर्थिक वर्षमा वडा कार्यालयमार्फत् ६० हजार रुपैयाँ बजेट विनियोजन गरिने वडाध्यक्ष पुष्पकुमार प्रसाईंले जानकारी दिए ।
यसैबीच बिस्तार गरिएको सडकको नाम यलम्बर कृषि मार्ग नामकरण गरिएको बताइएको छ ।
सो सडकबाट छिमेकी बुद्धशान्ति गाउँपालिकाका केही स्थानका अनुमानित सात सय घरधुरीका परिवार समेत प्रत्यक्ष लाभान्वित हुने क्युपेक नेपाल अर्जुनधारा नगर कमिटीका अध्यक्ष एवम् स्थानीय जीतबहादुर कुमालले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here