‘स्वर्गको फूल’ गुलमोहरले सजिएको बुद्धशान्तिको बर्ने

0
1956

तीर्थ तिम्सिना,बुद्धशान्ति,

लकडाउनको बेला मेची राजमार्गमा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया बगान सडकछेउमा फुलेका गुलमोहरको फुल मनै लोभ्याउने दृष्य भएको छ । सडकको छेउछाउमा रातै भएर फुलेका गुलमोहरले बुद्धशान्तिलाई साँचिक्कै स्वर्गको आभाष दिलाएको छ ।

कोभिड १९ कोरोना भाईरसको संक्रमण दर बढ्दै गएकाले झापामा लकडाउन गरिएको छ । कोरोना संक्रमणको भयले लकडाउनअवधिभर घरमै बस्नुपर्ने बाध्यता आयो । पर्यटकीय स्थलहरु बन्द भए ।

तर पनि स्थानीयहरु घरमा बस्दाको पट्यारलाई एकैछिनभए पनि रिफ्रेस हुनका लागि यस ठाउँमा आएर सितलतालिने, फोटो खिच्ने र टीकटक बनाउने क्रम बढ्यो । र सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि यसको प्रचारप्रसार भएको हो ।

गुलमोहरको सुन्दरताले अहिले बुद्धशान्ति सहित झापाका विभिन्न स्थान रंगीन बनेका छन् । गर्मी मौषममा शितलता सँगै सुन्दरता प्रदान गर्न तम्तयार छन् गुलमोहर का रुख । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपनाम दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here