कनकाईको आइसोलेसन सेन्टरलाई सहयोग

0
880

सुरुङ्गा ।

कनकाई नगरपालिकाको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने क्रम जारी छ ।

उक्त आइसोलेसन सेन्टरमा रहेका २० वटा बेडमा चाहिने सबै सामग्री प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सहयोग गरेको छ ।

२० वटा शैय्याको आइसोलेसन केन्द्रमा प्रति शैय्या ३ हजारका दरले पर्ने गरी करीब ६० हजार मुल्यका सामग्री प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाले हस्तान्तरण गरेकी थिइन् ।

आइसोलेसनको शैय्याका लागि तन्ना, डसना, तकिया लगायत अन्य आवश्यक सामग्री केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति थापाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता कुमार पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here