यूथ फर सेवाद्वारा चार स्थानीय तहलाई स्वास्थ्य सामग्री

0
914

भद्रपुर ।

सामाजिक संस्था यूथ फर सेवाले झापाका चार वटा स्थानीय तहमा सञ्चालित आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको यूथ फर सेवाले भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

हिमानी कोष झापाका अगुवा पुनम सिंह राजवंशीको पहलमा भद्रपुर कोभिड आइसोलेसन केन्द्र कलवलगुरीलाई दुई थान अक्सिजन कन्सनट्रेटर, पीपीई, मास्क, सेनिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामग्री नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै हल्दिबारी–२ स्थित कोभिड आइसोलेसन केन्द्रलाई एक थान अक्सिजन कन्सनट्रेटर, पीपीई, मास्क, सेनिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनलाई हस्तान्तरण गरिएको छ ।

बाह्रदशी–१ भागुडुब्बास्थित कोभिड आइसोलेसन केन्द्रलाई एक थान अक्सिजन कन्सनट्रेटर, पीपीई, मास्क, सेनिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी कचनकवल–६ स्थित कोभिड आइसोलेसन केन्द्र बनियानीलाई एक थान अक्सिजन कन्सनट्रेटर, पीपीई, मास्क, सेनिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामग्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई मार्फत हस्तान्तरण गरिएको राजवंशीले बताइन् । कार्यक्रममा छेवाङ्ग कर्मा तामाङ, सन्दीप माझी, कुमार कालिकोटे लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here