मोरङ।

मोरङको रंगेली नगरपालिका–७ रंगेली बजार स्थितमा पश्चिम तर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्र १–०२–०४३प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ सौठाका ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । मंगलबार सोही दिशा तर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका खड्काको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो ।
्टिपर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको बताइएको छ ।































