गजल

२० असार २०७८, आईतवार मा प्रकाशित

दुबै आँखा चिम्लेर म मर्दैछु, हिजो आज
आजभोलि भन्दै तल झर्दैछु, हिजो आज ।

कोही छौ त आउ बचाऊ, यो जिन्दगीलाई
सुस्तरी सुस्तरी बैतर्णी तर्दैछु, हिजो आज ।

यतिञ्जेल बाँचियो, बाँच्नुको सार बुझियो
त्यसैले हिसाब किताब, गर्दैछु हिजो आज ।

जन्मेँ, हुर्किएँ मुस्किल, शिवाय केही पाइन
सुकाउँ रगत भनि बगर, चर्दैछु हिजो आज ।

खुशी, चैन र निद्रा, हरेर लग्यो प्रवृत्तिहरुले
त्यही प्रवृत्ति मार्न, बिष छर्दैछु हिजो आज ।

दिलीप श्रेष्ठ
इलाम नपा–७, इलाम

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here