स्रोत नखुलेको ४० लाख बढी रकमसहित एक पक्राउ

0
602

काठमाडौं ।

स्रोत नखुलेको ४० लाख ३७ हजार रकमसहित झापा प्रहरीले एकजना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–२ बेलाइतीबारीका ४६ वर्षीय गौरी मण्डल छन्। उनको साथबाट स्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उक्त रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here