झापा।

झापाको बिर्तामोड नगरपालिका–५ नयाँ बसपार्क मिलन चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् ।
मंगलबार दिउसो १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनीहरुले प्रयोग गरेको मे २ प ८६८६ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।































