अपाङ्गता भएका व्यक्तिलाई राहत

0
366

बिर्तामोड।

कोभिड महामारी शुरु भएको पहिलो वर्ष झापामा रहेका बिभिन्न सामाजिक संघ–संस्थादेखि स्थानीय तहका जनप्रतिनिधि समेत घर –घरमा पुगेर राहत सामग्री बितरण गरे ।

गत वर्ष कोभिड नियन्त्रणका लागि भन्दै सरकारले बन्दाबन्दी गरेको साता बित्न नपाउँदै विभिन्न सामाजिक सघं–संस्थाले कतै सामुहकि भोजनको व्यवस्थापन गरे त कतै विपन्नताको पहिचान गर्दै घर–घरमै राहत सामग्री पु¥याउन भ्याए । तर, यो वर्ष न कुनै सामाजिक संघ– संस्थाले राहतको सामग्री बाँडे न त स्थानीय तहले नै ।

कोभिडका कारण गत वर्ष झैं यो वर्षपनि झापामा लामो समयसम्म बन्दाबन्दी हुँदा आम नागरिकको जनजीवन प्रभावित बन्यो नै अझ आर्थिक विपन्नता र शारीरिक अपाङ्गता भएका व्यक्ति झन् समस्यामा परे । बन्दाबन्दीको यो समयमा उनीहरुलाई न कतैबाट सहयोग जुट्यो न त स्थानीय तहले नै उनीहरलाई सम्झियो ।

खासगरी महामारीको यो समयमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सहयोगको खाँचो औंल्याउँदै सम्वाद समूह झापाको संयोजनमा अहिले झापाका १५ वटै पालिकामा अपाङ्गता भएका व्यक्तिलाई राहत सामग्री बितरण शुरु गरिएको छ । जिल्लामा रहेका उद्योग वाणिज्य संघ, वीरता जेसीज, युनिकम नेपाल जस्ता संघ संस्थाले अहिले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्दै राहत सामग्री बितरण शुरु गरेको बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराईले बताए ।

झापामा २० हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरु रहेको आँकलन गरिएको छ । बिर्तामोड अपाङ्ग स्वावलम्वन संस्थाका अध्यक्ष दीपक थापाका अनुसार बिर्तामोड नगरपालिकामा मात्रै एक हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । बिर्तामोड नगरपालिकाको वडा नम्वर १० मा स्थानीय सरकारलाई समेत घच्घच्याउँदै अपाङ्गता भएका ३७ परिवारलाई राहत सामग्री बितरण गरिएको छ । युनिकम नेपालको संयोजनमा त्यस बडामा रहेका ३७ परिवारका लागि मजदुरहरुको लेवीबाट संकलित रकमले राहत सामग्री बितरण गरिएको युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले बताए ।

अपाङ्गता भएका व्यक्तिलाई बिर्तामोड–१० मा राहत बितरण गरिरहँदा अपाङ्गता भएका व्यक्ति र उनका परिवार खुशी देखिए तर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा काम गर्नेहरुले सरकारले गाम्भीर्यताको आधारमा नभई गरिवीको आधारमा अपाङ्गता भएका व्यक्तिलाई राहत बितरण गर्नुपर्ने र उनीहरुलाई रोजगारीको व्यवस्था गर्नु पर्ने आवाज उठाएका छन् ।

झापाको पनि सुगम क्षेत्रमा वसोवास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको अवस्था दुर्गम गाउँमा बस्नेको तुलनामा केही सहज छ । तर, अपाङ्गता भएका व्यक्तिलाई महामारीको यो समयमा जीवन जीउन निक्कै कठिन छ । यस्तो अवस्थामा संवाद समूह झापाको संयोजनमा अपाङ्गता भएका व्यक्तिका लागि राहत बितरण गरिनु आफैंमा प्रशंसनीय कार्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here