लागू औषध मुद्धामा कैद भुक्तान गरिरहेका सुब्बाको निधन: भारतीय नागरिक भएकाले आफन्त सम्पर्कमा नआउँदा समस्या

३० आश्विन २०७८, शनिबार मा प्रकाशित

झापा, जिल्ला कारागार झापामा कैदी जीवन बिताइरहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।
भारतको दार्जिलिङ जिल्ला खोरीवारी थाना पानी ट्याङ्की हनुमान मन्दिर नजिक घर भएका ४२ वर्षीय गंगु सुब्बाको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

उनी केही समयदेखि असस्थ रहेको बताइएको छ ।
२०७७ साल फागुन १७ गते देखि उनी लागू औषध मुद्धामा पक्राउ परेको र कारागारमा कैदी जीवन बिताइरहेका थिए ।
सुब्बाको मृत्यु पछि उनका आफन्त सम्पर्कमा नआएकाले जिल्ला कारागार झापाले उनका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ । आफन्तको खोजी गर्दा समेत आफन्त फेला नपरेकाले देख्नु वा चिन्नेहरुले निका हजुरवुवा रामलाल सुब्बा वा वुवा पूर्ण वहादुर सुब्बा लाई खबर गरिदिन कारागारको सुरक्षार्थ खटिएको प्रहरीले जनाएको छ । निज सुब्बाका आफन्त फेला परेको खण्डमा जिल्ला कारागार झापाको ९८५२६२४७७७ नम्वरमा खवर गरिदिन कारागार सुरक्षा प्रमुख मित्र भण्डारीले आग्रह गरेका छन् । सुब्बाको निधन गत असोज २८ गते भएको जिल्ला कारागार झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here