धानवाली सहितको क्षति विवरण संकलन गरिने

४ कार्तिक २०७८, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाले बेमौसमी वर्षाका कारण धानबाली सहितको क्षतिको विवरण वडा कार्यालय तथा कृषि शाखाका प्राविधिकमार्फत संकलन गर्ने भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज विहीवार बसेको बैठकले सोबारे निर्णय लिएको हो ।

वडा वडामा बढीमात्रामा क्षति पुगेको अवस्थाको यकिन विवरण यथासम्भव चाँडो संकलन गरी नगर कार्यापालिकामा पेश गर्ने पनि निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो ।

नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा अनुगमन समितिले वडाका बढी क्षति भएका ठाउँहरुको अनुगमन गरी क्षतिको अवस्थाका बारेमा प्रारम्भिक जानकारी लिएर नगर कार्यपालिकामा जानकारी गराएको थियो । कृषि ज्ञानकेन्द्रले पनि बालीको क्षतिको विवरण माग गरेको बैठकमा जानकारी गराइएको छ ।

साथै , सोहि बैठकले २८ करोड ७८ लाख ६१ हजार ८ सय ९२ रुपैयाँ ६६ पैसाको लागत स्टिमेटमा नगरमा व्यापारिक भवन ( सपिङ कम्प्लेक्स) निर्माणमा नगरले त्यसको ३० प्रतिशतले हुन आउने ८ करोड ६३ लाख ५८ हजार ५ सय ६७ रुपैयाँ ७९ पैसा व्यहोर्ने निर्णय समेत गरेको छ ।

जसमा, सरकारको नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने गरी योजना तय भएको छ । नगर विकास कोषले सो कुराको निर्णय गरी बोर्डमा पठाएको उल्लेख छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here