अर्जुनधारा ।

झापाको अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रत्युस रानाको अध्यक्षता र प्रदेश नं.१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य सदस्य पम्फा विश्वकर्माले व्यक्त गरेकी थिइन् ।
अध्यक्ष रानाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सदस्य विनोद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभाको सञ्चालन सदस्य टुम्मनाथ काफ्लेले गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, नेकपा एस नगरका अध्यक्ष अर्जुन मेचे, झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटा, नगर सहकारी समन्वय समितिकी उपाध्यक्ष नीलाकुमारी दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।































