विमल दहाल, दानाबारी ।

इलामको दानाबारी्स्थित साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी माई नगरपालिकाका प्रमुख दिपक कुमार थेवेले गर्नुभयो।
प्रमुख थेबेले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही बित्तिय संस्थाले नियतवस स्थानीयको रकम कुम्ल्याएर बाहिर लाने भएकाले सबै सदस्यहरुले विश्वासिलो सहकारीमा मात्र कारोवार गर्नु पर्ने वताउनुभयो । वहाँले माईका ३० बटा सहकारीहरु मध्ये सानाकिसान महिला सहकारीनै उत्कृष्ट रहेको भन्दै प्रसंशा समेत गर्नुभयो। मेयर थेबेले महिला मात्रैबाट सञ्चालन रहेकै कारण सानाकिसान महिला सहकारी उत्कृष्ट भएको भन्दै महिला माथि हुने हिंसा अन्त्यका लागि आर्थिक अधिकार प्राप्ति हुनु पर्ने बताउनुभयो। वहाँले केही समयपछि जनतालाई गरिव बनाउने बित्तिय संस्थालाई ज्यामोदरबाट माई प्रबेश नगर्ने गरि लखेटिने समेत जानकारी दिनुभयो। मेयर थेबेले ७२ प्रतिशत धनीपुर्जा बिहिन रहेको माई नगरपालिकामा आगामी एक वर्षभित्र धनीपुर्जा प्रदान गरिने भन्दै अहिलेको मुल्यहीन जमिन धितो राखेर न्यूनतम ब्याजमा सहकारी मार्फत ब्यबसायीक आयआर्जन गर्न सहज बनाउन स्थानीय सरकार लागेको जानकारी दिनुभयो।

संस्थाकी अध्यक्ष कल्पना थापाको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका प्रमुख ब्यबस्थापक दिपक मगरले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७७र०७८ मा १ करोड ६७ लाख १८ हजार ४ सय रुपैंया शेयर पूँजी, जगेडा तथा अन्य कोष हिसाब १ करोड ३ लाख ७७ हजार ७१ रुपैयाँ, निक्षेप हिसाब ४ करोड ४९ लाख ४७ हजार १ सय ५४ रुपैयाँ, ऋण तथा सापटी ८ करोड ११ लाख ८७ हजार ५ सय रुपैयाँ, दायित्व १६ लाख ८६ हजार ९ सय १४ रुपैयाँ, कर दायित्व २ लाख ६ हजार १ सय ८९ रुपैयाँ र अनुदान हिसाब १० लाख ७३ हजार १ सय ४३ रुपैयाँ वासलत रहेको बताईएको थियो। संस्थाले अर्थिक वर्ष ०७७र०७८ मा १५ करोड ६१ लाख ९६ हजार ३ सय ७१ रुपैंयाको कूल कारोवार गरेको जनाएको छ । सधारण सभाको अवसरमा संस्थाले सबै अतिथिहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो।
एक हजार ५० स्थायी सदस्य र दुई सय ५० जना दैनिक बचत सदस्य रहेको सहकारीको बार्षिक सभामा बिशेष अतिथी माइ नगरपालिका उपप्रमुख बिष्णुमाया रिमाल, गरुवा बहुमुखी क्याम्पसका प्रमुख भुपाल अधिकारी, सानाकिसान बिकास लघुवित्त वित्तीय संस्था बिर्तामोडका प्रबन्धक सुभाष गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सभाको सन्चालन लेखा समिति सदस्य राधिका आचार्यले गर्नुभएको संस्थाकी सह(प्रबन्धक सिर्जना खवासले जानकारी दिनुभयो।































