चिल्ड्रेनका विद्यार्थी मानवीय सेवामा सक्रिय

0
323

झापा,  झापाको बिर्तामोड १ मा रहेको चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका विद्यार्थी मानवीय सेवामा सक्रिय रहेको पाइएको छ । कितावी ज्ञानसंगै सामाजिक सेवामा सक्रिय गराउन विद्यालयले विभिन्न रचनात्मक कार्य शुरु गरेसंगै यहाँ अध्ययनरत विद्यार्थी मानवीय सेवामा समेत सक्रिय भएका हुन् ।
केही दिन अघि कनकाई नगरपालिकामा रहेको कोटिहोमस्थित एक बृद्धआश्रममा रहेका वृद्धवृद्धालाई ‘एकदिन भगवान संग’ भन्दै आफैले जम्मा गरेको विभिन्न प्रकारका खाद्य सामाग्रीहरु प्रदान गर्दै मानवीय कार्यको उत्कृष्ठ प्रर्दशन गरे । विद्यार्थीले आफैंले लगेको खानेकुरा प्रदान गर्दै स्वास्थ्य अवस्थाका विषयमा समेत सोधीखोजी गरेका थिए ।
त्यस्तै विद्यालयको प्राङ्गणमा अनाथ तथा अपाङ्ग बालबालिकालाई उनीहरुश्रले सहयोग गरेका छन् ।
सामाजिक तथा मानवीय उत्तरदायित्व परिचालन बिभागको संयोजन एबम् सीइएस बाल क्लबको सक्रियतामा अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका १२ जना बालबालिकालाई विभिन्न प्रकारका खाद्यान्न प्रदान गर्नुका साथै न्यानो कपडा समेत प्रदान गरेका थिए । सो कार्यमा उनीहरु उत्साहित देखिएका थिए ।
सीइएस बाल क्लबकी अध्यक्ष एन्जल लुईटेलको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द कार्कीको प्रमुख आतिथ्यमा भएको थियो । विद्यार्थीले आयोजना गरेको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पोखरेल, बिद्यालय पिन्सिपल सन्तोस सुब्बा र अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका सस्थापक कृष्ण दुलालले विद्यार्थीले सानै उमेरमा सामाजिक काममा देखाएको रुचीको प्रशंसा गरेका थिए ।
विद्यार्थीहरुले वालवालिकाका लागि नून १८ केजी, आटा ३२ केजी , १ बोरा चामल , खाने तेल, साबुन , थुप्पा , बिस्कुट र जाडो याममा लगाउने स्विटर , ट्राउजर , टोपी र ज्याकेट आदि बितरण गरेका थिए ।
विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा दिक्षु आचार्यले स्वागत गरेको कार्यक्रम बाल क्लब सदस्य गरिमा धमलाले संचालन गरेकी थिन । यसैबीच बालबालिकालाई विद्यार्थीले खाना बनाएर खुवाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here