मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु

२५ पुष २०७८, आईतवार मा प्रकाशित

सुनसरी।

सुनसरीको इटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल इटहरी उपमहानगरपालिका ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । पश्चिमबाट पूुर्व तर्फ जादै गरेको मे १ प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए ।

उनको उपचारको लागी धरान घोपा पुर्याऊन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here