ताप्लेजुङको खेबाङमा प्रसुती केन्द्र

0
562

फुङ्लिङ, 

ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो ।

‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानअन्तर्गत खेबाङ स्वास्थ्य चौकीमा सेवा प्रारम्भ गरिएको उहाँले बताउनुभयो । सेवा सञ्चालन गर्न एक ल्याब असिस्टेन्ट र एक अनमी करारमा नियुक्त गरिएको छ ।

“गाउँपालिकाको वडैपिच्छे सुत्केरी तथा ल्याब सेवा सञ्चालन गर्ने योजना अघिल बढाएका छौँ”, उहाँले भन्नुभयो । सोही अभियानका क्रममा खेबाङका सात वडामा सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । बाँकी वडामा चाँडै सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here