जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

0
458

मङ्गलबारे, 

इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो ।

उहाँको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो ।

उहाँको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उहाँको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ ।

उहाँका पाँच छोरा र दुई छोरी छन् । उहाँ बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उहाँसँग धेरैले आशिष थाप्न र भेट्न जाने गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here