जीवन : फरक दृष्टि

0
623

तिमीले
सबैथोक भोगेर
तिम्रो
निष्कर्ष थियो–
जीवनको अर्थ
केही पनि रहेन छ

मैले
केही पनि नभोगी
म कसरी भनौं
जीवनको अर्थ केही पनि
होइन रहेछ !
र, मुस्कान पनि होइन रहेछ

घाउ भएर मेरो हातमा
निस्केको पीपमाथि
निरन्तर मेरी प्रेमिका सदैव
लामो चुम्बन गर्थिन्
तब
म कसरी भनौं
जीवन केही पनि होइन रहेछ !
जीवन मुस्कान पनि होइन रहेछ !!

ईश्वर, ईश्वरले
पापी त्यो पुजारीलाई
किन हटाउँदैनन् ?
जसले ईश्वरलाई
जन्मेदेखि
कैद गरेर राखेको छ !

नसकेर हो भने
उनले आफूलाई किन
ईश्वर भन्ने ?
नचाहेर हो भने
मैले उनलाई
ईश्वर भनी किन पुज्ने ?
पापी पुजारी बहिस्कार !
ईश्वर बहिष्कार !

आओ मान्छेहरू हो !
ईश्वर छन् भने
म पनि तिमीहरू सँगै
लाममा लागेर पूजा गरौंला
र, तिमीहरु पनि
किरिया हाल कि
मैले भने जस्तै
ईश्वरलाई अपदस्त गरेर
खाली आसनमा बस्तै
स्वयम् मान्छेलाई
ईश्वर घोषणा गरांैला !

भद्रपुर, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here