ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

0
460

धादिङ, 

धुनिबेँसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयोे छ ।

उक्त घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here