ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

0
581

मोरङ ।

मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडीको भाग उचालिदा ट्याक्टर चालक केराबारी–१० का १९ बर्षीय पिलिज बिकलाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भई उपचारको लागि स्थानिय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here