दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलवार विद्यालयमा आयोजित कार्यक्रममा अग्रज समाजसेवी एवम् नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले आफ्ना जीवन भोगाइका अनुभवहरु सुनाउँदै विद्यार्थीहरुलाई असल मान्छे बन्न प्रेरणा प्रदान गरेका थिए ।
रेडक्रसकर्मी ढकालले विद्यार्थीहरुलाई अनुशासित भई किताबी ज्ञानको अलावा बाहिरी ज्ञानमासमेत अब्बल हुनु पर्नेमा जोड दिएका थिए ।
विद्यालयले समाजका प्रतिष्ठित व्यक्तिहरुलाई विद्यार्थीसँग साक्षात्कार गराई उनीहरुका अनुभव सुनाउँदै उत्प्रेरणा जगाउने उद्देश्यका साथ यस्तो कार्यक्रम गर्ने गरेको प्रधानाध्यापक विश्व थापाले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल कलबकी अध्यक्ष लक्ष्मी राजवंशी र युवा रेडक्रस सर्कलका अध्यक्ष योगेश बस्नेतले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए ।































