विमल दहाल,
इलाम
मेयरका लागि नेपाली कांग्रेस माईमा पाँच जनाको दावेदारी अझै जारी रहेको छ । वडा समितिवाट सिफारिस भएका सात जना मध्ये पाँचको मेयरका लागि दावेदारी कायम रहेको हो ।
मेयरका लागि नेपाली कांग्रेस माई सभापति हेम वहादुर लिम्बू , पुर्व जिल्ला कोषाध्यक्ष एवम स्थानीय तह निर्वाचन २०७४ मा कांग्रेस माईका मेयर पदका उमेरद्वार हेम कुमार कार्की ९विष्णु०, माई नगर सदस्य पुष्प९ठगिन्द्र० गिरी, जिल्ला सदस्य श्रवण कुमार पन्धाक र नेका केन्द्रीय नीति, अनुशासन तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत आदीवासी जनजाति ,अल्पसंख्यक तथा सिमान्तकृत समुदाय विषय विज्ञ,जिल्ला सदस्य एवम पुर्व विधार्थी नेता, आदीवासी जनजाति महाँसंघ र किरात याक्थुङ चुम्लुङका पुर्व अध्यक्ष समेत रहेका सामाजसेवि चक्र एक्तेन ९अभिषेक० रहेका छन ।
इलाम जिल्लाको सांङ्केतिक तस्वीर अनलाइन खवरबाट तानिएको हो ।
वडा समितिवाट सिफारिस भएका सात जना मध्ये दुई जना विष्णु घिमिरे र मोहन नेम्वाङको भने जिल्ला समितिको छलफलवाट नाम हटाएको श्रोतले वताएको छ ।
उपमेयरको दौडमा कांग्रेस माईमा ५ जनाको नाम सिफारिस भएको छ । चन्द्रमाया लिम्बू, पुष्पा कार्की, डिल्लिमााया भट्टराई ९सिर्जना०, उर्वशी पराजुली गौतम र सरस्वती तुम्बाहाङ्फेको सिफारिस भएको स्थानीय पत्रकार हरि असिम वताउनु हुन्छ ।
सत्ता गठवन्धन भए पनि नभए पनि माईमा मेयर पद आफ्नो पार्टीले पाउनु पर्ने दावी कांग्रेसले कायम राखेको छ । स्थानीय तह निर्वाचन २०७४ मा दोस्रो मत प्राप्त रहेकाले पनि कांग्रेसले मेयरको दाबी कायम राखेको हो ।
यसै विच अहिलेसम्मको पाँच दलिय गठबन्धनको बैंठकमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको दाबीलाई विश्लेषण गर्दा इलाम जिल्लामा तालमेलको सम्भावना देखिदैन।
इलाममा तालमेलको सम्भावना न्यून भएको नेपाली कांग्रेस पुर्व जिल्ला सभापति हिमालय कर्मचार्यले सामाजिक संजाल मार्फत जनाउनु भएको छ । कर्मचार्यले लेख्नुभएको छ ूअन्ततः नेपाली काङ्ग्रेसले एक्लै चुनाव लड्नु पर्ने परिस्थिति विकसित भइरहेको देख्दैछु। विकसित घटनाक्रम बारे छलफल हाम्रो पार्टी नेपाली काङ्ग्रेसको बैठक बस्दैछ।ू
यता सत्तारुढ दलहरुले बनाएको स्थानीय तहको निर्वाचनका लागि जिल्लास्तरीय गठबन्धनको संयन्त्र इलाममा भत्किएको छ । इलाममा गठबन्धनको संयोजकका रुपमा मानिँदै आएका नेपाली काङ्ग्रेसका महासमिति सदस्य बेनुपराज प्रसाईले आईतवार जिल्ला कार्यसमिति समक्ष राजीनामा दिएपछि इलाममा गठबन्धनको भविष्य अन्योलमा परेको छ ।
































