माईका जनप्रतिनिधिले लिए शपथ ग्रहण

0
620

विमल दहाल, माई ।

माई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बुधबार सामूहिकरुपमा शपथ लिएका छन । नवनिर्वाचित मेयर खम्बसिंह लिम्बुले उपमेयर हिमा भण्डारी,१० वडाध्यक्ष सहित ५१ जना नगर सदस्यहरुलाई नगरको सभा हलमा सामुहिक शपथ गराएका हुन्।

शपथ ग्रहण पछी नवनिर्वाचित मेयर लिम्बुले जनतावाट उठाएको करलाई पारदर्शिता वनाउन खर्चलाई मितव्ययी बनाउन आग्रह गरे। उनले हामीले नगरपालिकाबाट लिने भन्दा पनि ५ बर्षमा केही दिएर जाँउ भनि सबै जनप्रतिनिधीलाई आग्रह गरे।

मेयर लिम्बुले सम्भब भएसम्म सबै जनप्रतिनिधिलाई नीजि सवारी साधन प्रयोग गर्न आग्रह समेत गरेका छन । देशकै नमुना नगर बनाउन नसके पनि माईले यो भिजन देखाएको छ भन्ने बनाउन लाग्ने प्रतिबद्धता गरेका छन्। माई नगरलाई हरावरा बनाउदै आर्थिक खर्च मोटो हुदै आएकोमा कार्यपालिका बैठकबाट मितव्ययी बनाउन लाग्न सबै निर्बाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

उनले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको सानिमा बैंक माई शाखालाई अबको चौमासिक देखि वडावडामा घुम्ति शिविर मार्फत सेवा प्रदान गर्न आग्रह गरेका छन। शपथ ग्रहण पछी मेयर लिम्बुले स्थानीय सरकारले दिने सेवा सुविधामा समस्या रहे खुलेर भनिदिन माई नगरवासीमा आग्रह समेत गरेका छन्।

उनले गत शुक्रबार पदभार ग्रहण गर्दै लिम्बुले अतिआबश्यक नरहे सम्म सरकारी गाडी नचढ्ने, एसि सहितको नयाँ भबन र कोठामा नबस्ने, अपाङ्गता मैत्री र सबैको पहुँच रहने गरि पुरानो भबनमा रहि सेवा दिने, तत्काल माईको चिसापानी र महमाईलाई २ वटा एम्बुलेन्स व्यवस्थापन गर्ने लगायतका प्रतिबद्धता गरेको जनाईएको छ।

यसैबीच प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले माईको अबस्था र सुधार गर्नुपर्ने विषय केन्द्रित समग्र विषयगत तथा शाखागत प्रस्तुति सबै नव निर्वाचित नगर सदस्यहरुलाई प्रस्तुत गर्नुभएको थियो।

माईमा मेयर, उपमेयर, ७ वडाध्यक्षसहित ४२ जना नेकपा एमालेका उम्मेद्वार तथा ३ वडाध्यक्षसहित ६ जना नेपाली कांग्रेस, २ सदस्य जनता समाजबादी पार्टी र २ सदस्य नेकपा माओवादी केन्द्रका उम्मेद्वार निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here