अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वभाविक: चिनियाँ विदेश मन्त्रालय

0
270

काठमाण्डौं ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविक भएको प्रतिक्रिया दिएको छ ।

शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक भएको थियो । त्यसपछि विदेशमन्त्री ब्लिन्केनले आफनो देशलाई ‘बदनाम’ गरेको आरोप लगाएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा ब्लिन्केनको भाषणले ‘झूटा सूचना फैलाउने, चीनको खतरालाई बढाइचढाइ गर्ने, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको घरेलु तथा विदेश नीतिलाई बदनाम गर्ने गरेको’ बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here