‘प्रि–स्कूल एड्मिशन’

२८ जेष्ठ २०७९, शनिबार मा प्रकाशित

‘सर हजुरले आफ्नो नानी कहाँ पढाउने सोच गर्नु भएको छ ?’
‘हजुर ?’

मैले भन्न खोजेको हजुरको नानी सानी रहिछन् ? अब मन्टेसरी हाल्नुहुन्छ होला नि है ?’

मेरो घरमा आएका नयाँ आगन्तुकहरुको म प्रति प्रश्न प्रति प्रश्न थियो । आफन्तको साथमा आएको छिमेकी बले भने चुप लागेर बसिरहेको थियो । बलेले केही मिनेटअघि मात्र मलाई त्यस नयाँ भर्खरै परिचित आगन्तुकसँग चिनजान गराएको थियो । उसको यहाँ स्कुल रहेछ । उसको प्रश्नले म एकछिन ट्वा परे । केही समय सोचनशील हुन पुगे ।

मनमा एकैछिन अनेकौं प्रश्न तेर्सियो । होइन मेरो छोरी सानै छिन । भर्खर ३ वर्ष पुगेकी छे । यति चाडै त म हाल्दिनँ । मनमा अठोट बनाएँ । हामी श्रीमान–श्रीमतीको पनि त्यही विचार थियो ।
‘होइन के सोचिरहनु भएको सर ?’ नयाँ आगन्तुक पुनः प्रश्न गर्दो भयो ।

‘केही होइन सर । यहाँहरु स्कूलको लागि आउनु भएको रहेछ, तर मेरो छोरी अहिले सानै छिन् । त्यसैले सायद अहिले हामी हाल्दैनौं ।’ मैले केही समयपछि उनलाई उत्तर फर्काए । ‘हजुरको नानी सानै भए पनि हाम्रोमा १८ महिनादेखिको बच्चाहरु राख्ने व्यवस्थित परिवेश छ ।’ ऊ म तर्फ हेर्दै प्रभाव पार्दै थियो ।

ऊ थप भन्दै थियो– ‘हजुरको सानो छोरी सही हातमा परिन् भने उनको मानसिक र शारीरिक विकास मजबुत बन्ने थियो । हामीमा दक्ष जनशक्ति छ । गुणस्तर शिक्षा छ । त्यसैले पनि निर्धक्क हजुरले विचार गर्नुभयो भने उत्तम हुनेछ ।’ आगन्तुक मलाई हेर्दै मधुर मुस्कान साथ आश्वस्त पार्न खोज्छ ।

‘हजुर ठिकै छ म विचार गर्नेछु । अनि जानकारी गराउनेछु ।’ ऊ तिर हेरेर टाउको हल्लाउँदै मैले भने ।
‘एकपटक आउनुहोस न हाम्रो स्कूल अनि नानीको लागि उचित वातावरण थाह हुने थियो । स्कूलबारे अझ जानकारी थाह हुने थियो हजुरलाई ।’ ऊ ग्लासमा राखेको पानी पिउँदै आफ्नो स्कूल देखाउमे उद्देश्यले अन्तिम सुझाव दिँदो भयो ।

‘हस् हजुर म आउनेछु ।’ म पनि आशावादी भाव दिँदो भएँ ।
बले भने म तर्फ हेर्दै भन्दै थियो– ‘आ… दाइ चिन्ता नलिनुस् उहाँहरु नजिकै आउनुभएको छ पढाउन । हाम्रै टोलको स्कूललाई पनि त सहयोग गर्न प¥यो नि ।’ उसले थप भन्यो– ‘अनि उहाँहरु मेरो आफ्नै मान्छे त्यसैले पनि हजुरको मा ल्याएको हुँ ।’

‘हुन्छ बले म विचार गर्छु ।’
‘सुमनले पनि आफ्नो छोरो यही हाल्ने भयो ।’ – बले मलाई बल दिँदै भन्दै थियो ।
बलेको कुरा काट्दै आगन्तुकले भन्दै थिए– ‘हस हजुर अहिले हामी लाग्यौं । यस टोलमा घरदैलो कार्यक्रम छ ।’

दुई हात जोडी नमस्कार गर्दै उनीहरु एकैछिनमा म बाट बिदा भए । ढोका बाहिरसम्म आएर म उनीहरु तर्फ नमस्कार फर्काउँदै गरे । उनीहरु जाँदै गर्दा बलेको कुरा सम्झिँदा मनमा हाँसो आयो । ऊ जस्तै अन्य साथीहरु पनि आएका थिए नानी स्कूलमा हाल्दिनु भनेर । तर, मैले मानेको थिइन् । (जाँदै गरेको आगन्तुक हेर्दै) अहिलेको बजार हेर्दा पनि अचम्म लाग्छ । कस्तो ठूलो प्रतिस्पर्धा कत्रो होडबाजी हरे ।
यहीबीचमा हाम्रो शहरमा भौतिक ठूला भवन भए पनि प्रशस्त विद्यार्थी भए पनि एउटा गुणस्तर प्रि–स्कूल नभएकोमा मलाई ठूलो आपत्ती थियो मोफसलमा सबै कुराको विकास भए पनि पुरानै पाठ्यक्रम एवम् पुरानै ढाँचाको बाल शिक्षा विकसित रही आएको छ । म मेरो नानीलाई प्रि–स्कूलिङ्ग गराउन चाहन्छु । तर, बिडम्बना मेरो शहरमा गुणस्तर शिक्षाको कमी छ । एउटा अडिलो बालमैत्री आधारभूत प्रि–स्कूलको खाँचो छ ।

मेरो शरीरमा बिहानको न्यानो घामसँगै आएको हावाले चिसो बढाइरहेको थियो । भुइँमा फ्यालेको पत्रिका उठाउँदै आजको ताजा खबर पढ्न म बाहिर बरण्डामा बसेँ । मुख्य फ्रन्ट पृष्ठमा ठूलो विज्ञापन देखेर मेरा दुबै आँखा एकैछिन रोकिए ।

म पत्रिका आँखा नजिकै ल्याएर नियालेर हेर्न थालँे । पत्रिकामा विज्ञापन थियो– नयाँ भर्ना सम्बन्धमा । यो नाम सुन्दैमा पहिलो विचार मनमा पलायो । एक अन्तर्राष्ट्रिय सञ्जाल प्रि–स्कूलको । हाम्रो सानो शहरमा शिक्षामा गुणस्तर बनाई राख्न आएको बच्चाहरुको स्कूल । जहाँ हाम्रो नानी–बाबुहरुको पठनपाठनशैली नै फरक पर्छ । सिक्ने अवसर र झन् बढी जान्ने अवसर मिल्नेछ ।
मैले आँखा अलिक तल दौडाएँ । अनि त्यहाँ दिएको फोन नम्बरमा आफ्नो मोबाइल निकाल्दै कल गरेँ । एकछिन अघिसम्म नानीलाई अहिले प्रि–स्कूल नहाल्ने भनेको म तुरुन्तै स्कूलबारे बुझ्न फोन लगाउँदो भए ।

स्कूलको लोकेशन लिएर म थप जानकारी लिन भोलिपल्ट श्रीमती लाई लिएर त्यहाँ पुगेँ । खुल्ला वातावरण, शहरको नजिक तर शहरको ब्यस्त भिडबाट टाढा । अति राम्रो बाहिरी भौतिक आकर्षण । सबै कुराले मन लोभ्याइरहेको थियो ।
पर्याप्त खेल्ने स्थान हुँदा नानी एकछिन त्यही रहेको स्लाईड खेल्न पुगिन् । हामी भने थप जानकारी लिन अफिस तर्फ लाग्यौं ।

श्रीमती पनि एकदम खुशी थिइन् नानी भर्ना गर्ने सम्बन्धमा । अफिसमा सबै जानकारी बटुलेर हामी घर फर्कियौं । जानकारी लिँदा सबैकुरा राम्रो लाग्यो । पढाउने आधुनिक शैली । किताब ज्ञानभन्दा आधुनिक तरिकाको शिक्षा प्रणाली । नयाँ ढाँचाको स्कूलिङ्ग । जहाँ नानीहरु रमाउँदै पढ्ने वातावरण स्पष्ट पाएँ । अभिभावकसँग गरिएको उच्च काउन्सिलिङ प्रेरणादायी थियो । सफा एवम् आधारभूत बाल शिक्षामैत्री यस प्रि–स्कूलले मेरो मन छोयो । तर, सबैभन्दा समस्या हामीलाई एउटा मात्र थियो । मेरो श्रीमती अलिक डराएकी थिइन् अनि भन्दै थिइन्– ‘मासिक फि असाध्यै महँगो रहेछ बाबा ।’
म एकछिन ट्वा परे अनि उनीतर्फ हेर्दै भने– ‘सन्तान हाम्रो हो काली । छोरीलाई उचित एवम् गुणस्तर शिक्षा दिन किन हिचकिचाउने ? आखिर अलिक बढी काममा मेहनत गराउला, तर उसको शिक्षा मा कुनै कमी हुन नदिउँ ।’ उनले पनि सहमतिमा डराउँदै टाउको हल्लाइन् ।

बाटोमा म र श्रीमती नानीको सही शिक्षा र ज्ञान विकासका बारेमा तर्क वितर्क गर्न थाल्यौं । नानी सानै छिन्, तर उनको सही स्थानमा विकास अति शिघ्र हुने भएकाले हामीले त्यही स्कूलमा हाल्ने निर्णय ग¥यौं । हामीले स्कूलमा भर्ना ग¥यौं । अहिले सुमनलाई पनि महशुस भएको छ सिक्ने पद्धति र पढ्ने ढाँचामा धेरै फरक रहेछ भनेर । त्यसैले सुमनले पनि आफ्नो नानीलाई अहिले यही प्रि–स्कूलमा हालेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here